आज:  २०८१ अषाढ ३, आईतबार | Sun, 16, Jun, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

:पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको पुष्टि

एपी खबर २०७७ आश्विन २३, शुक्रबार ( ३ साल अघि) २९७ पाठक संख्या

काठमाडौं :पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सबैभन्दा बढी भारतमा ७० हजार ८ सय, अमेरिकामा ५४ हजार, ब्रजिलमा २७ हजार र फ्रान्समा १८ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

 

बेलायतमा १७ हजार ५ सय, अर्जेन्टिनामा १५ हजार ४ सय र रसियामा ११ हजार ४ सय संक्रमित थपिएका छन् । यसै गरी पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ६ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ ।

 

जसमध्ये भारतमा १ हजार, अमेरिकामा ८७४, ब्रजिलमा ७३०, अर्जेन्टिनामा ४८४ तथा इक्वाडरमा ३९८ जनाको मृत्यु भएको हो ।यस्तै, मेक्सिकोमा ३७८, इरानमा २३० तथा रसियामा १९१ जनाको मृत्यु भएको छ । योसहित विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० लाख ६६ हजार ३ सय नाघेको छ ।

 

विश्वमा कुल ३ करोड ६७ लाख ३४ हजार मानिस संक्रमित छन् । संक्रमितमध्ये २ करोड ७६ लाख मानिस संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस