आज:  २०८१ अषाढ ३, आईतबार | Sun, 16, Jun, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षामन्त्री पोखरेल सरकारी वार्ता टोलीसहित बालुवाटारमा

एपी खबर २०७७ आश्विन २४, शनिबार ( ३ साल अघि) ३२५ पाठक संख्या

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राखेर आमरण अनशनरत डा.गोविन्द केसीका मागबारे छलफल गर्न सरकारी वार्ता टोली बालुवाटार पुगेको छन् ।

 

शुक्रबार राति भएको वार्ता विना निष्कर्ष टुंगिएपछि शनिबार बिहान ११ बजे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

 

स्रोतका अनुसार डा.केसीसँग सहमतिको खाका तयार गर्नका लागि मन्त्री पोखरेल बालुवाटार पुगेका हुन् । अहिले बालुवाटारमा शिक्षामनत्रीसहित सरकारी वार्ता टोलीले प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको छ ।

 

यसअघि शुक्रबार साँझ पनि शिक्षामन्त्री पोखरेल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटार पुग्दा पनि प्रधानमन्त्रीसँग भेट्ने समय नमिलेपछि टेलीफोन कुराकानी गरेर उनी मन्त्रालय फर्किएका थिए ।

 

मन्त्रालय फर्केपछि शुक्रबार राति नै मन्त्री पोखरेलले सरकारी वार्ता टोलीलाई राखेर सहमतिका लागि गृहकार्य गरेका थिए । सहमतिको सामान्य खाका तयार गरेर डा.केसी पक्षधरलाई वार्तामा बोलाउन सरकारी वार्ता टोलीलाई आग्रह गरेका थिए । सोही तयारी बमोजिम शुक्रबार राति दुवै पक्षबीच भएको दुई घण्टा लामो छलफलमा कुनै सहमति हुन सकेको थिएन ।

 

बुधबार सरकारले वार्ताटोली गठन गरेपछि बिहीबार दुवै पक्षबीच १० घण्टा वार्ता भएको थियो । बिहीबारको वार्ता सकारात्मक भए पनि शुक्रबार रातिको वार्तामा सरकार पछि हटेको आरोप थियो । चिकित्सा शिक्षाको सुधारको माग गर्दै डा. केसी २७ दिनदेखि आमरण अनशनमा छन् ।

प्रतिक्रिया दिनुहोस