आज:  २०८१ अषाढ ३, आईतबार | Sun, 16, Jun, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा नेता अच्युत मैनाली द्वारा बाराको चिउटाहा सवास्थ्य चौकिलाई स्वास्थ्य सामाग्री बितरण

एपी खबर २०७७ आश्विन २४, शनिबार ( ३ साल अघि) ६४० पाठक संख्या

सबिर आलम/बारा/

आदर्श कोतवाल गाउँपालिका अन्तर्गत रहेको चिउटाहा स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरी नेकपाको केन्द्रीय सदस्य तथा पुर्व बारा क्षेत्र न .१ का नेकपा प्रत्याशी प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनालीले चिउटाहा स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री वितरण गरेको छ ।

 

,आदर्श कोतवाल गाउँपालिकाको प्रमुख मुस्तुफा अन्सारीको अध्यक्षता तथा प्रमुख अतिथि अच्युत मैनालीको विशेष उपस्थितिमा स्वास्थ्य समाग्री वितरण गरिएको छ।

 

सर्जिकल माक्स २००० थान,के ९५ माक्स ५० थान,सेनाटाईजर २० थान,पी.पी.ई.५० थान,थर्मोगन ३ थान गरी चिउटाहा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ।

उक्त हस्तान्तरण कार्यक्रममा अच्युत मैनालीले भने मेरो पहलमा अरु पनि गाउँपालिकामा स्वास्थ्य समाग्री वितरण भएको छ,र आउदो दिनमा पनि तपाईंहरुको बीचमा रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियोे।

 

साथै प्रत्येक गाउँपालिका,नगरपालिकाको स्वास्थ्य चौकीमा एउटा एम.बी.बी. एस.डकटरको छिटै व्यवस्था गर्ने सरकारको योजना रहेको पनि जानकारी गराउनु भएको हो ।

 

त्यस्तै आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीले भने आदर्श कोतावाल गाउँपालिकामा जुन पार्टीबाट जितेर आए पनि हामीहरु आ-आफ्नो पार्टीको नारालाई त्यागेर एउटै नारा जय आदर्श कोतवाल बोकेर हिडिरहेका छौ,किन कि चुनाव जितेर आए पछि जनप्रतिनिधिहरु सम्पुर्ण जनताका लागि एक समान हुन्छ, र बिकासको काममा सबैको भुमिका महत्वपूर्ण रहेको पनि अवगत गराउनु भएको छ ।साथै अच्युत मैनालीलाई यो आदर्श कोतवाल गाउँपालिकाको बिकासको लागि आउदो दिनमा साथ र सहयोगको आपेक्षा पनि राखेका थिए ।

 

उक्त कार्यक्रममा विशिष्ट अतिथि जिल्ला विकास समितिका पुर्व अध्यक्ष छठठु यादव , अतिथिमा मदन फाउन्डेसनका केन्द्रीय सदस्य सुनिल यादव ,नेकपा नेता बतहु यादव,पुर्व युवा संघ बाराका अध्यक्ष राम बिनेश यादव , आदर्श कोतवाल गाउँपालिकाको वडा अध्यक्षहरु ,आदर्श कोतवाल गा.पा.नेकपा कमिटी अध्यक्ष राकेश यादव ,आदर्श कोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह,सह अधिकृत सुनिल थापा, स्वास्थ्य चौकी चिउटाहा संयोजक पारस राय यादव,स्वास्थ चौकीका स्वास्थकर्मीहरु,तथा गाउँपालिकाका भद्रभलादमीहरु लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस