आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमडीएमएस लागू, अब दर्ता नभएका मोबाइलमा सिम नचल्ने

एपी खबर २०८० जेष्ठ १, सोमबार (११ महिना अघि) २७६ पाठक संख्या

काठमाडौँ: नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सोमबारबाट पूर्ण रूपमा लागू गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गते (आज) देखि एमडीएमएस प्रणाली लागू गरहेको हो । अब दर्ता भएका मोबाइल मात्रै चल्ने भएका छन् । विदेशबाट भित्रिने मोबाइल दर्ता नगरे सिम नचल्ने भएको हो ।

 

आधिकारिक बिक्रेताले विदेशबाट भित्र्याउने मोबाइल स्वत: एमडीएमएसमा दर्ता हुन्छन् भने वैदेशिक रोजगारी र अध्ययन गर्न गएकाले ल्याएका मोबाइल अब दर्ता गर्नुपर्ने हुन्छ । यसैबीच वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् ।

 

 

भन्सार विभागले शनिबार एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो ।विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने बताए ।

प्रतिक्रिया दिनुहोस