आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेशमा बढ्यो हुस्सु, जनजीवन प्रभावित

एपी खबर २०७९ पौष १४, बिहिबार (१ साल अघि) १७३ पाठक संख्या

बारा ।मधेश प्रदेशको ८ वटै जिल्लामा केही दिनयता बिहान बाक्लो हुस्सु लाग्न थालेपछि चिसो बढेको छ । दिउँसोमा पनि घाम नलागेपछि चिसो ह्वात्तै बढेको छ । मंसिरको अन्तिम साता र पुस सुरु भएपछि जाडो बढेको हो ।

 

प्रदेशका पहाडी क्षेत्रमा कुहिरो र मधेश लगाएत तराईको जिल्लामा हुस्सु लाग्न थालेको छ । चिसो बढेपछि सर्वसाधारणका दैनिक कामकाज प्रभावित हुन थालेका छन् । चिसो बढेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढेका छन् ।

 

 

प्रदेशमा रहेका८ जिल्लामै ह्वात्तै चिसो बढेको छ । मंगलवारदेखि बाक्लो हुस्सुका कारण घाम लाग्न नसकेपछि अत्यधिक चिसो बढेको हो । हुस्सु लागेसँगै बिहानपख शीत लहर चल्न सुरु भएको छ । यसै गरी, पश्चिमबाट चिसो बतास चलिरहेको छ ।

 

 

सोमबारसम्म घाम लागेको थियो । तर मङ्गलवारदेखि एक्कासि अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । जाडोले गर्दा निम्न वर्गका परिवार, बालबालिका, मुक्त कमैया, ज्येष्ठ नागरिकलाई अत्यधिक समस्या भएको छ ।

 

 

जाडोले मान्छेको दैनिकीमा पनि असर भएको छ । एक्कासि जाडो बढेपछि बालबालिका, बृद्धबृद्धा, सीमान्तकृत समुदाय र निम्न वर्गका मान्छे समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदुर, किसान वर्गलाई जाडोले गर्दा समस्या भएको छ । हुस्सुका कारण केही दिनयता घाम लाग्न सकेको छैन । घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ । चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट जोगिनका लागि मान्छेहरू सडक छेउछाउ, घर लगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन् ।

 

 

चिकित्सकहरूका अनुसार अहिले अस्पतालमा चिसोका कारण विभिन्न समस्या देखिएका बिरामी आउन थालेका छन् । बिरामीको संख्या बढेपछि चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा.नन्दु पाठकले अधिकांशमा श्वासप्रश्वासको समस्या पाइएको बताए । उनका अनुसार अस्पतालमा आउने बिरामीमध्ये धेरैमा श्वासप्रश्वास, रुघाखोकी र फोक्सोको समस्या देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस