आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडा न ७ को कार्यालय जीतपुर बाट नै राष्ट्रिय परिचय पत्रको विवरण संकलन गरिने

एपी खबर २०७९ पौष १५, शुक्रबार (१ साल अघि) २८६ पाठक संख्या

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्नको लागि दर्ता स्टेशन को स्थापना गर्न लागेको छ । जीतपुरस्थित वडा नं. ७ को कार्यालयमा दर्ता स्टेशन राख्ने तयारी गरेको वडा न ७ ले जारि गरेको पत्रमा उल्लेख गरिएको छ ।

 

 

 

जीतपुरसिमरा उपमहानगरपालिकाले यहि पुस १७ गते आइतवारदेखी दर्ता स्टेशन सुरु गर्ने भए पछि अब राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन र ईलाका प्रशासन कार्यालय जानु पर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

 

उक्त कार्यका लागि केन्द्रबाट एक जना प्राविधिक सहयोगी खटिएका छन् । प्राविधिक सहयोगीले अनलाइन फारम भर्ने र फोटो खिच्ने काम गर्छन् र सोको रुजु अधिकृत सुदन चौधरीले गर्ने वडा न ७ कार्यालयले जनाएको छ ।

 

 

 

परिचय पत्र बनाउन चाहने नगरबासीले दर्ता स्टेशनबाट सेवा लिन सक्ने भए पछि राष्ट्रिय पत्र बनाउने व्यक्तिहरु हर्षित समेत भएको छ ।परिचय पत्रका बनाउनका लागि आवश्यक पर्ने कागजात उल्लेख गर्दै वडा न ७ ले सूचना समेत जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस