आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साना किसान कृषि सहकारी संस्था डुमरवानाको २६ औं बार्षिक साधारण सभा सम्पन्न

अखिलेश कुमार यादव २०७९ पौष १६, शनिबार (१ साल अघि) १९७ पाठक संख्या

सिमरा- साना किसान कृषि सहकारी संस्था डुुमरबाना ,बारा को २६ औँ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन नेपाल सरकारका मन्त्रि ज्वाला कुमारी साहले गरिन ।

 

साना किसान कृषि सहकारी संस्था डुमरवानाको २६ औं बार्षिक साधारण सभा बाट प्रदीप सिंह बरालको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरिएको छ ।उपाध्यक्षमा सुकमाया वाईबा सदस्यहरुमा उर्मिला लामा, गीता चौलागाईं, लक्ष्मी पुलामी, संगीता कुमारी पाण्डे, शारदा रिजाल, नवराज श्रेष्ठ बिशो कुमार श्रेष्ठ ,बिक्रम प्रसाद चौधरी, पल्ट चौधरी ,रुद्र न्यौपाने, शान्ति लामा रहेको र त्यस्तै कोषाध्यक्ष ,सहसचिव पछि चयन गरिने साना किसान कृषि सहकारी संस्थाले जनाएको छ ।

 

साना किसान कृषि सहकारी संस्था डुमरवानाको निवर्तमान अध्यक्ष बिश्बनाथ लामीछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्रि ज्वालाकुमारी साह रहेकी थिईन ।सो अवसरमा वोल्दै मन्त्री ज्वालाकुमारी साहले मुलुकमै परिचित साना किसानले लक्ष्ति बर्गमा लगानी गरेको र उल्लेखनीय परिणाम निकाल्न सफल भएको बताईन । उनले सानाकिसान सहकारीले बितीय अनुशासन र सहकारीको प्रभाब बढाएको बारेमा चर्चा गदै प्रशंसा समेत गरिन ।

 

राष्ट्रिय तथा अंतराष्ट्रिय पुरस्कार बाट सम्मानित यस संस्थाले नेपालमा पनि पटक पटक उत्कृष्ट धोषित हुदै आएको छ । कार्यक्रममा संस्थाको बिभिन्न बिधामा शाखा, कर्मचारी, बचतकर्तालाई सम्मान गरीएको थियो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवाना बाराको २६ औं बार्षि साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल,उपप्रमुख भोला प्रसाद अधिकारि लगाएत संस्थाको सेयर सदस्य, साना किसानमा आबद्ध बचतकर्ताहरु लगाएत संचारकर्मिको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस