आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको पचरौता बाट हतियारसहित एक भारतीय नागरिक पक्राउ

एपी खबर २०७९ पौष १८, सोमबार (१ साल अघि) २१४ पाठक संख्या

सिमराः बाराको पचरौताबाट हतियारसहित एक भारतीय नागरिक आईतवार राती पक्राउ परेको छ । पक्राउ पर्नेमा पूर्वीचम्पारण मोतिहारी १६ घर भएका ४० वर्षीय चन्दनकुमार रहेको सशस्त्र प्रहरीले जनाएको छ।

 

सशस्त्र प्रहरीले उनको साथबाट तीन राउण्ड गोली लोड भएको पेस्तोल र त्यसमा लाग्ने थप चार राउण्ड गोली बरामद गरेको छ

 

पैदल गस्ती गरिरहेका सशस्त्र प्रहरीले चन्दनकुमारको हाउभाउ अस्वभाविक देखेपछि चेकजाँच गरेको र मोडल नम्बर २०२२ आरएफआइ पेस्तोल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटरका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए ।

 

 

पेस्तोलसहित पक्राउ परेका चन्दनकुमारलाई आवश्यक कारवाहीका लागि सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस