आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिसोका कारण जीतपुरसिमरा उपमहानगरपालिकाको विद्यालय तिन दिनका लागि बन्द

अखिलेश कुमार यादव २०७९ पौष १९, मंगलबार (१ साल अघि) ३०७ पाठक संख्या

सिमरा- बाक्लो हुस्सुसँगै बढेको अत्याधिक चिसोका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालय तिन दिनका लागि बन्द गरिएको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिका को कार्यालयले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगर शिक्षा समिति को निर्णय अनुसार उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन पुष १९,२० र २१ गते बन्द रहने उपमहानगरपालिकाको शिक्षा अधिकृत शिवजी प्रसाद कुशवाहाले जानकारी दिनुभएको छ ।

 

केहि दिन देखि बारा जिल्ला लगाएत तराईमा बढेको चिसोको कारण बिधयार्थिहरुलाई पठनपाठनमा समस्या आए पछि जीतपुरसिमरा  उपमहानगरपालिकाको सम्पूर्ण बिधयालय बन्द गरिएको  छ ।

प्रतिक्रिया दिनुहोस