आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सशस्त्र प्रहरीद्वारा डेढ सय घुमुवाको सरुवा(सूचीसहित)

एपी खबर २०७९ पौष २१, बिहिबार (१ साल अघि) १८१ पाठक संख्या

काठमाडौँ : गृहमन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका घुमुवा प्रहरी तथा कर्मचारीको विवरण मागिएलगत्तै सशस्त्रले बिना बर्दीमा हिंड्ने एक सय ३४ जनालाई  सरुवा गरेको छ । सशस्त्र मुख्यालय हलचोकमा रहेको मानवस्रोत विभागले हिजो बेलुका गरेको सरुवासूचीमा मुलुकभरका युनिटबाट खटिएका घुमुवाहरुको अदलीबदली भएको बताइन्छ ।

 

सरुवा भएकामध्ये पाँच जना नायव निरीक्षक (सइ) छन् भने सात जना असइ  छन् । सरुवा सूचीमा वरिष्ठ हवल्दार १८ जना र कायम मुकायम वरिष्ठ हवल्दारको संख्या तीन रहेको छ । अन्य सरुवामा हवल्दारहरु २१ जना र सशस्त्र प्रहरी सहायक हवल्दार ६० जना छन् । त्यसैगरी सशस्त्र प्रहरी जवान २१ जनाको पनि सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस