आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाल्पामा बस दुर्घटना हुदा, एकै वडाको ६ जनाको मृत्यु ,अन्य १८ जना घाईते

एपी खबर २०७९ पौष २२, शुक्रबार (१ साल अघि) १३७ पाठक संख्या

पाल्पा ।पाल्पामा बस दुर्घटना हुदा एकै वडाको ६ जनाको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ वडाका ६ जनाको बिहीबार राती भएको बस दुर्घटनामा परी ज्यान गएको छ । उनीहरुकाे घटनास्थलमै निधन भएको हाे । दुर्घटनामा अन्य १८ जना सोही वडाका घाइते भएका छन् ।

 

सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत टाडीमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिरेन्द्र थापाले बताउनु भयो । रुपन्देहीको साझण्डीबाट रैनादेवी गाउँपालिका खुर्साने तर्फ आउदै गरेको ग १ ख ४९७७ नम्बर बस राती सबा १० बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । राती समय र चिसो मौसम भएका मृतक तथा घाइते उद्दारमा समस्या भएको थियो ।

 

दुर्घटनमा एउटै वडा रैनादेवी छहरा ८ बस्ने ६ जनाको ज्यान गएको हो । दुर्घटनामा ३६ बर्षिय निर्मला घिमिरे, उनको छोरी बर्षिय १९ को सरुमाया घिमिरे, ५४ बर्षिय खिम कुमारी राना, ४० बर्षिय गुना कुमारी राना, २९ बर्षिय दान कुमारी खत्री र १९ बर्षिय बिमा पाण्डेको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

 

१२ जना घाइतेहरूको लुम्बिनी प्रादेशिक अञ्चल अस्पताल बुटवल र ६ जना एडमन सि.टी हस्पिटल जितगढी बुटवलमा उपचार भइरहेको छ । मृत्य र घाइते धेरै महिला र एउटै गाउँका भएकाले उनिहरु सालझण्डीमा धार्मिक कार्यक्रममा सहभागी हुन र बजारमा किनमेल गर्न गएका यात्रु भएको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस