आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी मा.वि.को अभिभावक भेला पुस २७ गते हुने

प्रिती कुमारी, जीतपुर २०७९ पौष २२, शुक्रबार (१ साल अघि) ३७२ पाठक संख्या

सिमरा: बाराको जीतपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी मा.वि.को अभिभावक भेला पुस २७ गते हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गु्प्ताले नगरपालिकाको पत्र अनुुसार नयाँ विद्यालय ब्यवस्थापन समिति गठन गर्न पुस २७ गते अभिभावक भेला गर्न लागिएको एपिखाबरलाई जानकारी दिनु भएको छ ।

 

विद्यालयको ब्यवस्थापन समिति गठन गर्नु पुर्व जीतपुरका समाजसेवि, अगुवा र शिक्षाप्रेमीहरु संगको छलफलमा वडा अध्यक्ष गुप्ताले समिति गठन गर्ने कुरा सबैलाई जानकारी गराउनुभएको हो ।समिति गठन पुर्व जीतपुरका भद्रभलादमी लगाएत यहाँ स्थानियहरुसंगको छलफल गर्ने उद्धेश्यले आयोजना गरीएको र सोहि अनुरुप शुक्रबार सामुुहिक छलफल भएको हो ।

 

छलफलमा सबैको सहकार्यमा २७ गते श्री फकिरा गिरी राजेश्वर गिरी मा.वि. जीतपुरमा विद्यालय ब्यवस्थापन समिति गठन हुने वातावरण सृजना भएको वडा अध्यक्ष गुप्ताले जानकारी दिनुुभएको हो ।

 

यता लामो समयदेखि विवादित रहेको यस विद्यालयको ब्यवस्थापन समितिका पुर्व अध्यक्ष रामबाबु गुृुप्ताले आफु विकासको विरोधी नभएको र समाजले गर्न प्रत्येक कार्यमा आफ्नो सकारात्मक सहकार्य रहने प्रतिबद्धता जाहेर गर्नुभयो ।४ सय भन्दापनि कम विद्यार्थी रहेको यस विद्यालयमा पुर्व वडा अध्यक्ष एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुुभएका रामबाबु गुप्ताले अब बन्ने नयाँ समितिलाई आफु बधाई दिन आतुर रहेको जानकारी गराउदै नयाँ समिति गठन गर्न आफ्नो सहयोग रहने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

 

कार्यक्रममा जीतपुरका स्थानिय एवम समाजसेहरुको उल्लेख्य सहभागीता रहेको थियो भने उपस्थित सबैले २७ गतेको अभिभावक भेलालाई मर्यादित बनाउने र सहकार्यमै नयाँ समिति गठन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस