आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ल्यान्ड फिल साईटको लागि जीतपुरसिमरा उपमहानगर र वीरगञ्ज महानगर बिच सम्झौता

अखिलेश कुमार यादव २०८० भाद्र ५, मंगलबार (८ महिना अघि) १२३ पाठक संख्या

बारा :  बाराको जीतपुरसिमरा उपमहानगरपालिका र पर्साको वीरगञ्ज महानगरपालिका बिच फोहोर विसर्जन गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब जीतपुरसिमरा उपमहानगरपालिकाले वीरगञ्ज महानगरपालिकाको ल्यान्ड फिल साईटमा फोहोर विसर्जन गर्न सकिने छ।

 

वीरगञ्ज महानगरपालिकाको कार्यालयमा गरिएको सम्झौतामा जीतपुरसिमरा उपमहानगरपालिकाको तर्फ बाट नगरप्रमुख राजन पौडेल र वीरगञ्ज महानगरपालिकाको तर्फ बाट नगरप्रमुख राजेशमान सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।सम्झौता संगै अब जीतपुरसिमरा उपमहानगर भित्र बाट उथने फोहोर वीरगञ्ज महानगरपालिका संग रहेको ल्यान्ड फिल साईटमा फोहोर फालिने भएको छ।

 

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा २६ को खण्ड (घ) को कानुनी ब्यवस्था बमोजिम फोहोरमैला विसर्जन स्थल वा प्रशोधन प्रणालीको बिकास र संचालन गर्ने गरि आपसी ,समन्वय , सहकार्य र साझेदारी मार्फत वीरगञ्ज महानगरपालिका मातहतमा रहेको ल्यान्ड फिल साईटमा जीतपुरसिमरा उपमहानगरपालिका बाट उत्सर्जन हुने फोहोरमैला विसर्जन गर्न प्रयोग गर्ने गरि जीतपुरसिमरा उपमहानगरपालिका बारा र वीरगञ्ज महानगरपालिका पर्सा बिच सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ।

 

वीरगञ्ज महानगरपालिकाले जीतपुरसिमरा उपमहानगरपालिकालाई २०८१ असार सम्म ल्यान्ड फिल साईट प्रयोग गर्न दिनेछ र दुबै पालिकाको आपसी सम्झदारी अनुसार नविकरण गर्न सकिने सम्झौता पत्रमा उल्लेख छ । जीतपुरसिमरा उपमहानगरले आ.व .२०८०/०८१ को लागि प्रती मेट्रीक टन फोहर ल्यान्ड फिल साईटमा विसर्जन गरे बापत एक हजार छ सय पचास रुपैयाँ मुल्य अभिवृद्धि कर बाहेक वीरगञ्ज महानगरपालिकाको राजस्व खातामा मासिक रुपमा दाखिला गर्नु पर्ने  सम्झौता पत्रमा उल्लेख गरिएको छ।

 

यता जीतपुरसिमरा उपमहानगरपालिकाले वीरगञ्ज महानगरपालिकालाई फोहोर विसर्जन बापत बर्सेनि लगभग ४ करोड रुपैयाँ तिर्नु पर्ने छ त्यति रकमले जीतपुरसिमरा उपमहानगर जग्गा किनेर आफैले ल्यान्ड फिल साईट समेत बनाउन सकिन्थ्यो तर जीतपुरसिमरा उपमहानगरले त्यस्तो नगरेको पाईएको छ।ल्यान्ड फिल साईटमा फोहोर विसर्जन गर्ने सम्झौता भए सगै जीतपुरसिमरा उपमहानगरको फोहोर ब्यवस्थापनको समस्या हल हुने होकि भनेर जनतामा आशा पलाएको छ।

 

यस्तो छ सम्झौता पत्र

 

प्रतिक्रिया दिनुहोस