आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा प्रहरी द्वारा बिभिन्न मितिमा पक्राउ परेको ४३० केजी लागुऔषध गाँजा नष्ट

एपी खबर २०८० भाद्र २९, शुक्रबार (७ महिना अघि) १२१ पाठक संख्या

बारा : जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार चार सय ३० किलो गाँजा नष्ट गरेको छ । प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरेको लागुऔषध गाँजा नष्ट गरेको हो । अबैध रुपमा चोरी पैठारी गरेर लागिरहेको गाँजा बरामदपछि कार्यालयमा सुरक्षित राखिएको थियो  ।

 

लागुऔषध गाँजा प्रहरीले जिल्ला प्रहरी कार्यालयको परिसर भित्र खाल्डो खनेर गाँजा हालेर माटो पुरेर नष्ट गरेको हो ।प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरेको गाँजा जम्मा गरेर राखेको र शुक्रबार पत्रकार र जनप्रतिनिधिको रोहवरमा ४३० केजी गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनु भयो  ।

त्यस्तै उहाँले जिल्ला प्रहरी कार्यालय बाराको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत बारा प्रहरीले स्थानीय तहमा भईरहेको गाँजा सेवन र गाँजा बिक्रि वितरणलाई पूर्ण रुपले नियन्त्रण गर्नमा प्रहरी लागिपरेको समेत उहाँले बताउनु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस