आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘द कपिल शर्मा शो’ बन्द गर्न माग

एपी खबर २०७७ आश्विन २१, बुधबार (३ साल अघि) ४७८ पाठक संख्या

चर्चित पत्रकार अरनव गोस्वामीको नक्कल गरेका कारण ‘द कपिल शर्मा शो’ को पछिल्लो एपिसोडका ट्रोल भइरहेको छ । समाजिक संजाल फेसबुक र ट्वीटरमा ट्रोलमात्रै होइन, कार्यक्रमलाई बहिष्कार नै गर्नुपर्ने माग उठेको छ ।

वास्तवमा एपिसोडको एउटा चरणमा ‘बच्चा यादव’ अर्थात् किकू शारदा पत्रकार अर्नब गोस्वामीको नक्कल गरिरहेको देखिएका छन् । जसमा अर्नबका समर्थक र सुहान्त सिंह राजपूतको न्यायको माग गर्नेहरु रिसाएका छन् ।

हालै कपिलको शोमा फिल्म निर्माता अनुभव सिन्हा र नायक मनोज बाजपेयी पुगेका थिए । यो भागमा किकू शारदा र कृष्णा अभिषेकले एउटा प्यारोडी बनाएका थिए जसमा अर्नब गोस्वामीको नक्कल गरिएको थियो । उनले अर्नबले सलमान खानमाथि प्रश्न उठाएपछि भाइरल भएको ‘मलाई ड्रग्स देउ’ को नक्कल गरेका थिए । त्यसपछि सोसल मिडियामा कपिलको शोलाई बहिष्कार गर्ने कुरा निस्किएको छ र ट्वीटरमा ट्रेन्ड हुन थालेको छ ।

एक प्रयोगकर्ताले लेखे, ‘लाज लाग्नुपर्ने तिमीलाई कपिल शर्मा र कीकू शारदा । तिमीहरु सबै मिलेर ड्रग्स मामिलालाई लुकाइरहेका छौ, बलिउड माफियालाई लुकाइरहेका छौ ।’

यस्तै अर्का एक प्रयोगकर्ताले भने, ‘म कपिलको मात्रै होइन, कीकू शारदाको पनि प्रशंसक हुँ । लामो समयदेखि हामी यो शो हेरिरहेका छौं । हामीलाई यो शो एकदम प्रिय लाग्थ्यो । सोचेको थिइनँ कि एक दिन तपाईं यस्ता राजनीतिक एजेन्डासहित आउनुहुनेछ ।’

अर्का एक प्रयोगकर्ताले भने, ‘अर्नबको यतिबेला मजाक उडाउनु मूर्खता हो । हामी सबैलाई थाहा छ कि सुशान्तको हत्या भएको हो र कुनै च्यानलले पनि यसलाई समर्थन गरिरहेको छैन । रिपब्लिकबाहेक । रिपब्लिकको मजाक उडाउनु भनेको एसएसआरका प्रशंसकको मजाक उडाउनु हो ।’

प्रतिक्रिया दिनुहोस