आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सलमानको जन्मदिनमा शुभकामनाको ओइरो

AuthorAP Khabar२०७५ पौष १३, शुक्रबार (५ साल अघि) ४९६ पाठक संख्या

काठमाडौं , पौष १३ :  बलिउड स्टार सलमान खानले बुधबार आफ्नो ५३ औं जन्मदिन मनाएका छन् । बलिउडका हस्तीहरु सम्मिलित वर्थडे पार्टीमा उनलाई शुभकामनाको ओइरो नैं लागेको छ ।

जन्मदिनको अवसरमा आयोजित पार्टीमा सुष्मिता सेन, कटरीना कैफ, अनिल कपूर, कृति सेनन, साजिद वाजिद, अमीषा पटेल, सूरज पंचोली, डीनो मोरिया, जिम्मी शेरगिल, महेश मांजरेकर, रजत शर्मा, सोहेल खान, बाबा सिद्दीकी, जहीर इकबाल, वरिना हुसैन, दिया मिर्जा, सोनू सूद, सुनील ग्रोवर, मौनी रॉयलगायत बलिउड जगतका हस्तीहरु उपस्थित हुँदै शुभकामना दिएका थिए ।

‘मैने प्यार क्यों किया’ मा सलमानको साथमा आएकी सुष्मिताले बर्थडे पार्टीको भिडियो इन्स्टाग्राममा पोष्ट गर्दै जन्मदिनको शुभकामना दिइन् र उनले भनिन्, ‘तपाईको यो वर्ष मंगलमय रहोस्, म सधैं तपाईसँग प्रेम गर्छु ।’

अभिनेत्री प्रीति जिन्टाले सधैं आफूलाई प्रेरित गर्ने भन्दै सलमानलाई धन्यवाद दिइन् । उनले भनिन्, ‘मेरो सबैभन्दा प्रिय साथीलाई जन्मदिनको शुभकामना । म जतिलाई चिन्दछु, ती सबैभन्दा मलाई मानवीय बन्न प्रेरित गर्ने भएकाले धन्यवाद ।’

समाचार

प्रतिक्रिया दिनुहोस