आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुन्दरी प्रतियोगितामा बिजुली कली प्रथम

AuthorAP Khabar२०७५ पौष १५, आईतबार (५ साल अघि) ३८० पाठक संख्या

काठमाडौं , पौष १५ :  चितवनको सौराहामा जारी हात्ति महोत्सव अन्तरगत शनिबार भएको सुन्दरी प्रतियोगितामा बिजुली कलीले बाजी मारेको छ । १८ वर्ष उमेरको उक्त हात्तीले अन्य सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो भएको हो ।

फष्ट रनरअप २२ वर्ष उमेरको चम्पाकली हुँदा सेकेण्ड रनर अप १९ वर्षको अलिशा कली भएको छ । असल गुणका आधारमा पहिलो, दोस्रो, तेस्रो र चौथो छनोट गरिएको हो । प्रतियोगितामा ४ वटा महिला हात्ति सहभागी थिए ।

हात्तिलाई विभिन्न रङ्ले सजाएर प्रतिस्पर्धामा उतारिएको थियो । क्याटवक समेत गराइएको थियो । विजेता बिजुली कलीलाई ताजसहित ट्रफी प्रदान गरिएको छ ।

– १२खरीबाट

प्रतिक्रिया दिनुहोस