आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दीपिकालाई ‘विग वोस १२’को उपाधि

AuthorAP Khabar२०७५ पौष १६, सोमबार (५ साल अघि) ४०६ पाठक संख्या

पौष १६ : ‘बिग बोस १२’को उपाधि दीपिका कक्कडले जितेकी छिन् । आइतबार बेलुकी कार्यक्रमका संचालक सलमान खानले दीपिकाको नाम घोषणा गर्दै गर्दा फ्यानले खुशी जनाएका छन् । अन्तिम प्रतिस्पर्धामा श्रीसंथ र दिपक उनको प्रतिस्पर्धामा थिए ।

सलमानले दीपिकाको नाम घोषणा गर्नसाथ उनका लाखौ फ्यानले ट्विटरमा वधाई दिएका थिए । दीपिका ‘ससुराल सिमरका’ नामक सिरियलमा काम गरेपछि चर्चित बनेकी थिइन् । दीपिकाको ३ महिनाको यो शोको यात्रा विशेष र कठोर रहेको छ । उनलाई अन्य प्रतिस्पर्धीले फेक, असल व्यक्तित्व देखाउन नसकेको र किचनमा कब्जा गरेको आरोप लगाउँदै आएका थिए ।

दीपिकालाई घर भित्र खासै नरुचाइएतापनि घर बाहिर दर्शकले निरन्तर भोट गरिरहेका थिए ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस