आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूजालाई ‘मिस पूर्वाञ्चल’को उपाधि

AuthorAP Khabar२०७५ पौष १६, सोमबार (५ साल अघि) ३४७ पाठक संख्या

पौष १६ : मोफसलको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगीता ‘मिस पूर्वाञ्चल २०१८’को उपाधि पुजा श्रेष्ठले जितेकी छिन् । सुनसरीको धरानमा आयोजित फाइनलमा पूजाले उपाधिसँगै स्कुटी, हङकङ भ्रमणको अवसर प्राप्त गरिन् । यस्तै, धनकुटा हिलेकी अनिला क्षेत्री फस्टरनरअप हुन सफल भइन् ।

उनले नगद १ लाख सहित अन्य विभिन्न पुरस्कार प्राप्त गरेकी छिन् । इटहरीकी तपस्या रणपहेली सेकेन्ड रनरअप बन्न सफल भइन् । उनले नगद ५० हजार र विभिन्न पुरस्कार प्राप्त गरिन् । कार्यक्रममा ‘मिस नेपाल २०१८’ श्रृङ्खला खतिवडा विशेष आकर्षणको रुपमा रहेकी थिइन् । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको यो प्रतियोगीताको विजेताले ‘मिस नेपाल’मा सिधै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यस्तै, बेष्टवाक र मिस ट्यालेन्टको उपाधि सोनेता दाहाल, मिस पब्लिक च्वाइस र मिस इन्टिलेक्चुअलको उपाधि रुसाली केसीलाई प्रदान गरियो । मिस फ्रेन्डसिप सलिना राजवंशी घोषित हुँदा फेस अफ डिभाइन आकृती आचार्य र मिस फिटनेश स्वस्तिका विसुंखे हुन सफल भइन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस