आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घाँस काट्दै गर्दा वन माहुरीको गोलाे खनिएपछि…

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ४६० पाठक संख्या

महोत्तरी  , पौष २० : महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराहीमा वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर बिरामी भएका छन् ।

वन माहुरीको टोकाइबाट ४५ वर्षीया शलतियादेवी साह, ४० वर्षीय मोहन साह, १४ वर्षीय अहमद अन्सारी र १३ वर्षीय सागिर राइन गम्भीर बिरामी भएको स्थानीयवासी महेन्द्र साहले बताउनुभएको छ ।

चारै जनाको जिल्ला अस्पताल जनकपुरमा उपचार भइरहेको छ । शलतियादेवीको अवस्था गम्भीर रहेको उहाँका पति मुसाफिर साहले बताउनुभयो ।

बिहीबार साँझ घाँसपात लिन घरबाट ५०० मिटर दूरीमा रहेको बगैंँचामा गएको बेला अचानक वन माहुरीको गोलाले आक्रमण गरी चारै जना गम्भीर घाइते भएका  थिए ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस