आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘संघीय सरकारले समन्वय गरेन’

AuthorAP Khabar२०७५ फागुन ४, शनिबार (५ साल अघि) २५५ पाठक संख्या

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेश सरकारलाई बजेट कम दिएर संघले खिल्ली उडाएको बताउनुभएको छ । पुतलीबजार नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उदघाटन समारोहमा मुख्यमन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । संघले पाँच प्रतिशतमात्र बजेट दिएकाले प्रदेश सरकारले सोचे अनुसार काम गर्न नसकेको बताउनुभयो ।

संघले भन्दा प्रदेशले राम्रा कार्यक्रम ल्याएर बिकास निर्माणलाई अगाडि बढाएको बताउदै, मुख्यमन्त्री गुरुङले बजेट कम भए पनि प्रदेश सरकार  निरासमा नभएको बताउनुभयो ।

संघीय सरकारले समन्वयको काम गर्नुपर्ने बताउदै मुख्यमन्त्री गुरुङ्ले प्रदेश सरकारलाई अफ्ठयारो हुने गरी काम नगर्न आग्रह गर्नुभयो । प्रदेश सरकारको काममा संघीय सरकारले भाजो हालेको आरोप लगाउनुभयो ।

janta samachar

प्रतिक्रिया दिनुहोस