चैत्र २४ नेपालको बारा, पर्सामा आएको ‘टार्नाडो’ नेपाली नाम राख्न विज्ञहरु बहसमा जुटेका छन् । भुमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण र स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको हो ।
सोहीअनुसार नै जल तथा मौसम विज्ञान विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय स्थित वातावरण विभागलगायत मौसमको क्षेत्रमा काम गरिरहेका विज्ञहरु नामकरणमा जुटेका हुन् ।
वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले भन्नुभयो, ‘बारा पर्सामा अध्ययन गर्न गएको टोलीले ल्याउने विवरणसँगै नामका बारेमा थप छलफल हुनेछ, स्थानीय पहिचान दिनेगरी नाम राख्न जरुरी हुन्छ । ’
सेन्टिनिअल रिजोलुसनमा खिचेको तस्बिरको अध्ययनपश्चात नेपालमा र्टार्नाडो आएको पुष्टि मौसमविद्ले गरेको थिए । समाचार गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।
janta samachar
प्रतिक्रिया दिनुहोस