आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन सम्पन्न, १४ बुँदे पोखरा घोषणा पत्र जारी

AuthorAP Khabar२०७६ बैशाख १, आईतबार (५ साल अघि) ३०० पाठक संख्या

बैशाख १ कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो । १४ बुँदे पोखरा घोषणापत्र जारी गर्दैै सम्मेलन सम्पन्न भएको हो ।

समितिका अध्यक्ष गोविन्द पुडासैनीद्वारा हस्ताक्षर गरी जारी गरिएको घोषणापत्रको पहिलो नम्बरमा जिल्ला कोषाध्यक्षहरुको काठमाडौं र धादिङमा भएका सम्मेलनले जारि गरेका घोषणपत्रलाई अबिलम्व कार्यान्वयन गर्न र पार्टीको महासमिति बैठकमा उठेका विषयलाई विधानमा समावेश गर्न पार्टीलाई आग्रह गरिएको छ । त्यसैगरी केन्द्रदेखि तल्लो तहसम्म निर्वाचनमार्फत कोषाध्यक्ष चयन गर्न, गुट उपगुट भागबण्डा, योग्यता र स्वच्छ छवि भएकालाई पार्टीमा उचित स्थान दिन, प्रशिक्षण जस्ता कार्यक्रम अघि बढाउन, भातृ तथा शुभेच्छुक संस्थाको निर्वाचन निर्धारित समयमा गराउन, क्रियाशील सदस्यता पारदर्शी, वैज्ञानिक र निष्पक्ष भएर वितरण गर्न, मुलुकमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारविरुद्व विरोधका कार्यक्रम अघि सार्न पार्टीलाई आग्रह गरिएको छ ।

कास्की निर्वाचन क्षेत्र नं. २ लगायत संघ, प्रदेश र स्थानीय  तहका रिक्त स्थानमा संविधान बमोजिम निर्वाचन गराउन सरकारसँग माग गर्दै कांग्रेस उम्मेद्वारलाई विजयी गराउन सक्रिय बन्ने, जिल्लामा आर्थिक अभाव हुन नदिन लेवि संकलन गर्ने र ६ महिनाभित्र सबै जिल्लामा १० लाख रुपैयाँको आर्थिक कोष निर्माण गर्ने सम्मेलनले निर्णय गरेको छ ।

सम्मेलनले गत १७ चैत्रको आँधीहुरीका कारण बारा र पर्सा जिल्लामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मानवीय सहयोगका लागि अनुरोध गरेको छ भने पूर्वसांसद रुद्रमणि भण्डारीको निधनमा दुःख व्यक्त गरेको छ ।

त्यस्तै, प्रत्येक जिल्लामा आपत्कालीन कोष व्यवस्था गर्नका लागि जिल्ला समितिलाई निर्देशन दिन केन्द्रीय समितिलाई आग्रह गरिएको छ ।  अहिलेसम्म खाता नखोलिएका जिल्लाहरुमा खाता खोल्नका लागि पहल गर्ने  र २०७६ सालको सुरुवातसँगै पार्टी संगठन सुदृढ गर्न देशव्यापी अभियान संचालन गर्ने लगायतका विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस