बैशाख ९ दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति करीब १२ बजे भएकाे दुर अन्य दुई जना घाइते भएका छन् ।
लमही नगरपालिका–७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त घटना घटेको हो ।
दुर्घटनामा परी लमही नगरपालिका–७ उचानिम्बु बस्ने २२ वर्षीय लालु चौधरीको मृत्यु भएको छ । चौधरीको दाङको लमही अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो ।
चौधरीसँगै मोटरसाइकलमा सवार १६ वर्षीय आशिष चौधरी र लमही नगरपालिका–३ मजगाउँ बस्ने १३ वर्षीय प्रकाश घर्तीमगरलाई थप उपचारको लागि बाँकेस्थित मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस