आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिपूरा रिहाना टायर रिसोलिङमा आगलागी, ७ करोडको क्षति

AuthorAP Khabar२०७६ जेष्ठ २, बिहिबार (४ साल अघि) २९६ पाठक संख्या

जेठ २

दोलखाको भिमेश्वर नगरपालिकमा रहेको त्रिपूरा रिहाना टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय टुनाबहादुर खत्रीको घरमा आफैँले संचालन गरेको रिसोलिङ सेन्टरमा गएराति साढे १ बजे आगलागी भएको थियो । बिजुली सर्ट भएर शुरु भएको आगलागीले रिसोलिङ सेन्टर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगलागीमा परेर खत्रीकी श्रीमती ५५ वर्षीया राधा खत्री र २५ वर्षीय छोरा राजु खत्री सामान्य घाइते भएका छन् । घाइतेको चरिकोटमा रहेको छोरोल्पा जनरल अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

दम्कलसहित स्थानीय सुरक्षाकर्मी र स्थानीयवासीन्दाको सक्रियतामा बिहान सवा ५ बजे आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस