आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिलालाई जिस्क्याएकाे निहुँमा युवामाथि खुकुरी प्रहार

AuthorAP Khabar२०७६ जेष्ठ २, बिहिबार (४ साल अघि) २९२ पाठक संख्या

जेठ ०२ झापा । दमक नगरपालिकामा महिलालाई जिस्क्याएकाे निहुँमा युवामाथि खुकुरी प्रहार भएको छ । दमक ५ मा बुधबार राति युवामाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् । दमक ५ का दीपक चौलागाइले खुकुरी प्रहार गर्दा त्यही ठाउँका यादव राई र उनकी पत्नी पेमा तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

राईको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पेमालाई सामान्य चोट लागेको छ ।

दमक ५ की बिन्दु थापालाई यादवले मोबाएलमा म्यासेज पठाएर अनाब्यस्यक दुख दिएका कारण बिन्दुकै आग्रहमा चौलागाईले राईमाथि खुकुरी प्रहार गरेको प्रहरीको अनुमान छ । बिन्दुलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस