आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

झुण्डिएको अवस्थामा सावित्रीको शव फेला, हत्याको आशंकामा युवक पक्राउ

AuthorAP Khabar२०७६ जेष्ठ २, बिहिबार (४ साल अघि) ३५८ पाठक संख्या

जेठ २
डडेलधुरा,

बैतडीमा एक किशोरीको झुन्डिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको मेलौली नगरपालिका ७, बनालीमा १८ वर्षीय सावित्री चन्दको शव कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो।

सावित्री मणिलेक माध्यमिक विद्यालय मेलौलीमा कक्षा १२ अध्ययनरत छात्रा हुन् ।

घटनास्थल खानतलासीका क्रममा युवतीको कोठामा पर्स भेटिएपछि सो आधारमा शंकास्पद देखिएका एक युवकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्ने सोही ठाउँका प्रशान्त क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नेत्रमणि गिरीले बताए।

कक्षा ११ को मौका परिक्षा दिन आएकी सावित्री मृत भेटिएपछि अनुसन्धानमा उनको कोठामा प्रहरीले खानतलासी गर्दा प्रशान्तको पर्स र नागरिकता लगायतका अन्य कागजपत्रहरु फेला परेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस