आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रेवान सौराहाका अध्यक्ष गिरीलाई रिहा गर्न रत्ननगर उद्योग वाणिज्य संघको माग

AuthorAP Khabar२०७६ जेष्ठ ४, शनिबार (४ साल अघि) २६१ पाठक संख्या

जेठ ४ चितवन ।
रत्ननगर उद्योग वाणिज्य संघले ढाँटमा आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई तत्काल रिहाइको माग गरेको छ ।

संघले आज शनिबार एक प्रेस विज्ञप्ती जारी गरी घटनाको विषयलाई जोडेर संघका अध्यक्ष राजाराम रेग्मीलाई समेत प्रहरीले नियन्त्रणमा लिने कोसिस गरेको प्रति ध्यानकर्षण भएको जनाएको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर ९ र १२ को सिमाना पर्ने गोन्द्राङमा रहेको ढाँटमा केही युवाहरुले शुक्रबार बिहान ११ आगजनीको प्रयास गरेका थिए । आगो नियन्त्रण गर्न खोज्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी थिइन् । संघले घाइते खड्काको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

दासढुंगामा भएको कार्यक्रममा सहभागी भएर फर्कदै गरेका प्रदेश सांसद कृष्णप्रसाद खनाल र संघका अध्यक्ष रेग्मीको नेतृत्वमा उक्त घटना घटाएको भन्दै विभिन्न मिडियाहरुमा समाचार प्रसारण भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका व्यवसायी अनिलकृष्ण श्रेष्ठले निकालेको विज्ञप्तिमा रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको तत्काल रिहाइको माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस