आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कुखुराको दाना लोड गरिएको ट्रकमा मकवानपुरमा १ सय २० किलो लागूऔषध गाँजा फेला

AuthorAP Khabar२०७६ जेष्ठ ४, शनिबार (४ साल अघि) ४९१ पाठक संख्या

जेठ ४

कुखुराको दाना लोड गरिएको ट्रकमा मकवानपुर प्रहरीले १ सय २० किलो लागूऔषध गाँजा फेला पारेको छ ।

प्रहरीले आज बिहानै साढे २ बजे हेटौंडा उपमहानगरपालिका ११ नवलपुर स्थित सडकखण्डबाट दाना बोकेको ट्रक र चालकलाई गाँजा सहित नियन्त्रणमा लिएको हो । प्रदेश ३ प्रहरी कार्यालयबाट प्राप्त सुचनाको आधारमा प्रदेश र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नवलपुर स्थित सडकखण्डमा चेकजाँच गर्नेक्रममा चितवनबाट हेटौंडा तर्फ आउदै गरेको ना.३ ख ३७१५ नम्बरको ट्रकभित्र विजय पलेट दानाको बोरामुनि लुकाएर ल्याएको ११ पोका गाँजा फेला पारेको हो ।

प्रहरीले ट्रक चालक तथा,ट्रक धनी मकवानपुर राक्सिरांगका २८ बर्षिय सुकुलाल थिंग र ट्रकमै सवार अर्का स्थायी घर राक्सिरांग नै भई हाल चितवन बस्ने ३१ बर्षिय नमराज दर्जीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस