आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धादिङ बस दुर्घटना अपडेट – पाँच जनाको मृत्यु , उद्धार कार्य जारी

AuthorAP Khabar२०७६ जेष्ठ ५, आईतबार (४ साल अघि) २७९ पाठक संख्या

काठमाडौं, ५ जेठ । झापाबाट काठमाडौं आउदै गरेको बस त्रिशुली नदिमा खस्दा मृत्यु हुनेको सख्या पाँच पुगेको छ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु भएको हो ।

चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको उद्धारका लागि घटनास्थलमा रहनु भएका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनु भयो । झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको थियो।

दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ । मृतकको सनाखत भएको छैन । बाँकी घाइतेको स्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भइरहेको छ। बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको हो । दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ

प्रतिक्रिया दिनुहोस