आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

AuthorAP Khabar२०७६ अषाढ १३, शुक्रबार (४ साल अघि) ३३८ पाठक संख्या

अखिलेश कुमार यादव
,असार १३ रौतहट ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रहरी निरीक्षक पप्पु नायक आउने बितिकै रौतहटमा तस्करीको कार्यहरु देखि लिएर चोरीको घटनामा नियन्त्रण आएको छ ।पप्पु नायकको आगमनले गर्दा अपराधीहरु देखि लिएर तस्करहरु बीच भाग दौड सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले २ जना मोटरसाइकल चोर पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्लाका २५ वर्षिय मुना पसवान र सोही स्थानका साहिल अंसारीे छन् ।

उनीहरुलाई गौरबाट राजपुरतर्फ जाँदै गर्दा राजपुर नगरपालिका वडा नं २ स्थित बम नहरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार गौर नगरपालिका वडा नं ५ स्थित बिपी चोकमा पार्किङ गरि राखिएको अरुण कुमारको विआर०५एस ९६९५ नं. को मोटरसाइकल चोरी भएको थियो ।

पक्राउ परेका दुवै जनालाई चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस