वीरगञ्ज, २० असार । नेशनल मेडिकल कलेजमा एमबिबिएस कक्षामा अध्ययनरत दुई विद्यार्थीबीच छुरा हानाहान भएको छ । सर्लाही गोरैता नागरपालिका रामवन निवासी रञ्जित प्रसाद तथा रौतहट रमौली निवासी अरबिन्द सहनीबीच आज (शुक्रबार) बिहान छुरा हानाहान भएको भएको हो ।
प्रहरीका अनुसार छुरा हानाहानबाट रञ्जितका ५० बर्षीया आमा मिनादेवी र बहिनी चान्दनी कुमारी घाइते भएका छन् । स्थानीय जोतन साहको घरमा कोठा लिई अध्ययन गरिहेको यी दुई विद्यार्थीबीच बेला–बेलामा झगडा हुने गरेको छिमकीको भनाइ छ ।
शुक्रबार बिहान रञ्जितको कोठामा झ्यालबाट अरबिन्दले हेरेपछि दुबै बिद्यार्थीबीच भनाभन भएको थियो । बिवादको क्रममा अरबिन्दले छुरा प्रहार गर्दा मिनादेवी र चादनी देवीको हात तथा पेटमा चोट लागेको छ ।
त्यस्तै रञ्जित र अरबिन्दको हात तथा शरीरको विभिन्न भागमा चोट लागेको छ । साथै अर्का एक जनासहित पाँच जनाको नेशनल मेडिकल कलेज वीरगजमा उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस