आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गोलि हानेर भाग्दै गर्दा एक जना अपराधी पर्सा प्रहरीको नियन्त्रणमा

AuthorAP Khabar२०७६ भाद्र १७, मंगलबार (४ साल अघि) ३१० पाठक संख्या

पर्सा, १७ भाद्र : पर्साको बिरगंज महानगरपालिका वडा नम्बर १३ स्थित साल्ट ट्र्डिङ्ग अगाडी गोलि हानेर भाग्दै गर्दा एक जना अपराधीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोलि हानेर भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको हो ।

बिरगंजको साल्ट ट्रेडिङ्ग अगाडी गोलि हानेर भाग्दै गरेको अवस्थामा सूचना आउनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राथोडले जानकारी दिनुभयो ।

उहाले पक्राउ गरिएको अपराधीको साथबाट १७ राउन्ड गोलि सहित एक थान हतियार बरामद भएको बताउनु भयो । बिरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने सन्तोष दासलाइ गोलि हानी भाग्दै गर्दा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको माथी अवाश्यक कारवाही भइरहेको र घाइते दासलाइ नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक राथोडले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस