आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डेंगूबाट बच्न र सचेतनाका लागि धनुषामा र्‍याली निकालियो

AuthorAP Khabar२०७६ भाद्र २६, बिहिबार (४ साल अघि) ३८५ पाठक संख्या

भाद्र , २६ : जनकपुरधाममा प्रहरी-समुदाय-साझेदारी कार्यक्रम अन्तर्गत डे‌ंगुबाट बच्न तथा सचेत रहन र्‍याली निकालिएको छ ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा डेंगु रोकथामको लागि सचेत होस् भनी क्षीरेश्वरनाथ नगरपालिका र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त पहलमा र्‍याली निकालेको हो ।अहिले मुलुकभरी डेङ्गुको संक्रमण चलेको बेला क्षीरेश्वरनाथ नगरपालिका बासीलाई सचेत गराउन र्‍याली निकालिएको नगरपालिकाकी उप-प्रमुख रचना श्रेष्ठ माथेला बताएका छन् ।

उपप्रमुख श्रेष्ठले डेङ्गुको प्रकोप सम्भावित क्षेत्रमा नगरपालिकाले निरिक्षण थाल्ने निर्णय गरिसकेको बताए । सम्भावित क्षेत्रमा निरक्षण सक्दै औषधि समेत छर्कने कार्य समेत चाँडै हुने श्रेष्ठले बताएका छन् ।उपप्रमुख श्रेष्ठले र्‍यालीमा सहभागिहरुलाई ङ्गेगु संक्रमण बारे बुझेका कुराहरु घर परिवार तथा छरछिमेकमा पनि जानकारी गराउन आग्रह गरे ।

त्यस्तै इलाका प्रहरी कर्यालयका प्रहरी निरिक्षक आमिर दहालले समुदाय प्रहरी साझेदारी कार्यक्रम शान्तिपुर्ण एंव सुरक्षित समाजका लागि डेङ्गु नियन्त्रण लगायत अन्य कार्यक्रमहरुमा पनि हाम्रो नियमित सहभागिता रहने बताए ।डेंगू नियत्रंण गर्न प्रदेश २ र स्थानीय सरकारले प्राभवकारी भूमिका निर्वाह गर्नु पर्ने धनुषावासिको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस