आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लिभरपुल पहिलोपटक फिफा क्लब विश्वकप च्याम्पियन बन्न सफल

AuthorAP Khabar२०७६ पौष ६, आईतबार (४ साल अघि) ४४६ पाठक संख्या

पौष ०६ एजेन्सी।

युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल पहिलोपटक फिफा क्लब विश्वकप च्याम्पियन बन्न सफल भएको छ ।

शनिबार राति कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा फ्लोमेंगोलाई एक–शून्यले पराजित गर्दै लिभरपुलले क्लब विश्वकप च्याम्पियन बनेको हो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको केही सुन्दर मौका खेर फाल्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९९औं मिनेटमा ब्राजिलियन स्टार फिर्मिन्होले गोल गरे ।

उनले रोड्रिगो काइओ र राफिन्हाले बिट गर्दै गोल गर्न सफल भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल १–० ले विजयी हुदै च्याम्पियन बन्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस