आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पैसा लिएर ७१ जनालाई लाइसेन्स

AuthorAP Khabar२०७६ पौष १३, आईतबार (४ साल अघि) ३६७ पाठक संख्या

पौष १३ काठमाडौं

 रुपन्देहीस्थित यातायात व्यवस्था कार्यालयले मोटो रकम असुलेर गाडी चलाउने ट्रायल परीक्षामा फेल र अनुपस्थित भएका ७१ जनालाई लाइसेन्स वितरण गरेको खुलेको छ ।

तत्कालीन कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले अनियमितता गरी लाइसेन्स वितरण गरेको उजुरी छानबिनका क्रममा ट्रायलमा फेल र अनुपस्थितलाई पास गराएको पाइएको अख्तियारले जनाएको छ ।

यसरी अनियमितता गरी लाइसेन्स बाँडेको अभियोगमा उपसचिव पोखरेल र तत्कालीन पश्चिम क्षेत्रिय ट्राफिकका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठविरुद्द आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार दुवैले परीक्षाको नतिजा फेरबदल गरी प्रतिव्यक्ति १० देखि २५ हजार रुपैयाँका दरले पैसा लिएर ७१ जनालाई लाइसेन्स दिएको कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस