आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घरभाडामा बस्नुहुन्छ ? सरकारलाई बुझाउनुहोस् विवरण

AuthorAP Khabar२०७६ पौष १६, बुधबार (४ साल अघि) ४७७ पाठक संख्या
पौष १६ काठमाडौं
 सरकारले घर भाडामा दिने घरबेटीमार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य सहरी क्षेत्रमा भाडामा बस्नेहरु मार्फत आपराधिक गतिविधि बढेको निश्कर्षसहित सरकारले घरबेटीमार्फत नै घरभाडामा लिएर बस्नेहरुको विवरण खोज्ने तयारी गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकमा सो विषयमा छलफल भएको हो ।

‘सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको र पछिल्लो समय गतिविधि बढेको विषयमा बैठकमा छलफल भयो, अब घरबेटीमार्फत भाडामा बस्नेहरुको विवरण राख्नेतर्फ तयारी अघि बढाउन भनिएको छ,’ गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस