आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एनसेल टावरमा आगजनी

AuthorAP Khabar२०७६ पौष २६, शनिबार (४ साल अघि) ५०२ पाठक संख्या
पौष २६ म्याग्दी ।
मालिका गाउँपालिकामा एनसेल टावरमा आगजनी भएको छ । गाउँपालिकाको वडा नम्बर १ निस्कोटमा रहेको एनसेलको टावरमा शुक्रबार राति आगजनी गरेकाे हो ।

एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । आजगनीबाट टावरका उपकरणमा क्षति पुगेको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले गरेको आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे जानकारी पाएपछि दरबाङबाट प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीको नेतृत्वमा टाेली घटनास्थलमा पुगेको हो । टावरमा आगजनी भएपछि विम, रुम, देवीस्थान, ओखरबोट, दरबाङलगायतका क्षेत्रमा एनसेलको सञ्चार सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस