आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तपाईको यो साता (फागुन २५ देखि चैत १ सम्मको राशिफल)

AuthorAP Khabar२०७६ फागुन २३, शुक्रबार (४ साल अघि) ३७१ पाठक संख्या

फाल्गुन २३ गते।

मेष– विद्यामा उन्नति हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सही निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा जित देखिन्छ । मुद्दामामिला किनारा लाग्नेछन् । साताको अन्त्यमा यात्रा हुने एवं पारिवारिक भेटघाट र आफन्तबाट सहयोग पाइनेछ ।

वृष–घरायसी विवाद बढ्नेछ । स्त्रीसँग मनमुटाव बढ्नेछ । चिसोको असर देखिनेछ । सन्तानबाट खुशियाली बढ्नेछ । व्यवसायमा फाइदा एवं विरोधीबाट पनि राम्रो सहयोग मिल्नेछ । आपसी झमेला टुंगिने एवं खर्च भने बढ्ने देखिन्छ । साताको अन्त्यमा स्वास्थ्यमा सुधार र वादविवादमा मेलमिलाप हुनेछ ।

मिथुन– छोटो यात्रा हुनेछ । दाजुभाइबाट आश्वासन मिल्नेछ । पराक्रम बढ्ने एवं मातृपक्षबाट सहयोग रहनेछ । साताको मध्यमा मानसिकअशान्ति एवं घरायसी झमेला आइपर्नेछ । साताको अन्त्यमा अध्ययनमा सफलता, व्यापारमा फाइदा एवं सन्तति सुख मिल्नेछ ।

कर्कट – भोजनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । चेहरामा प्रशन्नता झल्किनेछ । धनको कारोबार बढ्नेछ । सानो यात्रा एवं बन्धुबाट सहयोग पाइनेछ । विदेशबाट फाइदा एवं मित्रजनले सहयोग गर्नेछन् । साताको अन्त्यमा भने शारिरीक अस्वस्थता र काममा ढिलासुस्ती हुनेछ ।

सिंह – उत्साहका वृद्धि हुनेछ । जिम्मेवारी थपिनेछ । कुटुम्ब भेटघाट रहनेछ । इष्टमित्रबाट सहयोग पाइनेछ । सम्पति वृद्धि एवं भोजनको सुख मिल्नेछ । साताको अन्त्यमा भने जिम्मेवारी थपिने, रोजगारीमा फाइदा एवं दिदीबहिनीको सहयोगबाट काम बन्ने देखिन्छ ।

कन्या – खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ । अनावश्यक विवादमा फसिनेछ । अरुको कारणले आफूलाई भार पर्नेछ । साताको मध्यमा भने धनसम्पति वृद्धि व्यापारमा फाइदा एवं कामबाट लाभ मिल्नेछ । साताको अन्त्यमा राजनीतिक फाइदा एवं पदप्रतिष्ठाको योग
रहेको छ ।

तुला– आँटेको काममा लाभ मिल्नेछ । व्यवसायमा फाइदा एवं धार्मिक रुचि बढ्नेछ । स्त्रीबाट सहयोग एवं कृषि र जलको कारोबारमा फाइदा मिल्नेछ । राजनीतिमा जिम्मेवारी थपिने, रोजगारीमा लाभ मिल्ने एवं ठूलाबडाबाट स्याबासी पाइनेछ । आफ्नो कामको राम्रो
प्रतिफल मिल्नेछ ।

वृश्चिक – रोजगारीको अवसर मिल्नेछ । कामको प्रशंसा पाइनेछ । राजनीतिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । साताको मध्यमा राम्रो आम्दानी हुनेछ । आर्थिक सहयोग बढ्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवं खर्चको मात्रा बढ्नेछ ।

धनु – यात्राको सुख मिल्नेछ । वैदेशिक कामबाट फाइदा पाइनेछ । ठूला बडाले साथ दिनेछन् । काममा प्रगति हुनेछ । जग्गा जमिनबाट फाइदा एवं सञ्चित धन बढ्नेछ । आर्थिक काममा प्रगति हुनाका साथै सन्तानबाट पनि सहयोग पाइनेछ । साताको अन्त्यमा राम्रो आम्दानीसहित कार्य सफल हुनेछ ।

मकर – स्वास्थ्यमा समस्या आउनेछ । आफन्तबाट धोका हुनेछ । झूठो लाञ्छना लाग्नेछ । साताको मध्यमा भने भाग्यले साथ दिनेछ । वैदेशिक रोजगारको फाइदा मिल्नेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ, पदवृद्धिको चर्चा एवं मित्रहरुबाट राम्रो सहयोग पाइनेछ ।

कुम्भ– पारिवारिक जमघट बढ्नेछ । वैवाहिक एव धार्मिक काममा व्यस्त भइनेछ । साताको मध्यमा स्वास्थ्यमा गडबडी, खानपिनमा समस्या एवं झूठो लाञ्छना आउनेछ । अन्त्यमा भने अधुरा काम बन्ने । यात्राको योग बन्ने एवं ठूलाबडाबाट व्यक्तिगत सहयोग पाइनेछ ।

मीन– वादविवादमा परिनेछ । विरोधी अघि सर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । व्यावसायिक यात्राको योग बन्नेछ । प्रेमीप्रेमिका बीच सम्बन्ध सुध्रिनेछ । ससुरालीबाट सहयोग एवं साझेदारी लगानीमा फाइदा पाइनेछ । साताको अन्त्यमा भने विसञ्चो हुने, काममा ढिलासुस्ती एवं गुप्त बाधा आइपर्नेछ ।

प्रतिक्रिया दिनुहोस