आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको सिमरामा कोरोना अस्थायी उपचार केन्द्र निर्माण हुने

AuthorAP Khabar२०७६ चैत्र ७, शुक्रबार (४ साल अघि) ३९७ पाठक संख्या

एपी खबर
जीतपुर  : बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरामा कोरोना अस्थायी उपचार केन्द्र निर्माण हुने भएको छ । जितपुरसिमरा भित्र रहेका भवनहरूको अध्ययन गरी प्राविधिक रूपमा तराई आयातको दक्षिणपट्टी रहेको जाली फ्याक्ट्रीको भवनमा तत्काल २५ सैया र आवश्यकताअनुसार ५ सय शैया सम्मको बिस्तार गर्न सकिने गरी उपचार केन्द्र निर्माण गर्ने तयारी भइरहेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको अगुवाइमा नेपाली सेना अमलेखगंज, इलाका प्रशासन कार्यालय सिमरा, नेपाल प्रहरी,सशस्त्र प्रहरीको प्रबिधी को सहयोगमा सो उपचार केन्द्र निर्माण हुन लागेको उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उपचार केन्द्र निर्माणका लागि सरोकारवालाहरूको बैठक समेत सम्पन्न भएको छ । बैठकले ३ दिन भित्र कोरोना उपचार केन्द्र तयार गर्ने निर्णय गरेको छ । त्यसकालागि भोलि चैत्र ८ गते बिहान साढे ६ बजे उपचार केन्द्र निर्माण स्थल सिमराको सरसफाई गर्ने र आवश्यक उपकरण र सामग्रीहरूको व्यवस्थापन गर्ने समेत जिम्मेवारी दिएको छ ।

नगर प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा इलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे, नेकपा केन्द्रीय सदस्य दिनेश राई, नेकपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ , इलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोविन्द पुरी, नेपाली सेनाका डा. मनिस यादब, जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, जीतपुरका पूर्व गाविस अध्यक्ष देवनारायण चौधरी, जितपुरसिमरा उपमहानगरपालिका वडा नं १ का अध्यक्ष हिरा गुरुङ, २ का वडा अध्यक्ष तिलक श्रेष्ठ, सिमरा खानेपानीका अध्यक्ष कासिम हुसेन, जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस