कलैया : फ्रान्सबाट आएकी कलैयाकी १९ वर्षिय संक्रमित युवतीसँगै विमानमा यात्रा गरेकाहरूको नामावली भेटिएपछि प्रहरीले आफ्ना युनिटलाई निगरानीको निर्देशन दिएको छ ।
सोही क्ररममा बेदेशिक रोजगार वा अन्य कामकाजको सिलसिलामा चैत्र ४ गते कतारको क्यूआर ६५२ नम्बरको जहाजबाट नेपाल आएका यात्रुहरुको विवरण सार्वजनिक भए सँगै बारा जिल्लामा दुईजना प्रहरीको सम्पर्कमा आएका छन् ।
प्रहरीको सम्पर्कमा आएका दुवैजनालाई जिल्ला अस्पताल कलैयाको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभएको छ ।
दुवैजना कलैया उपमहानगरपालिका निवासी रहेका छन् । स्वास्थ्य अवस्थाथा दुवैजनाको सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस