आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोभिड–१९ को सङ्क्रमणका कारण स्पेनमा एकै दिनमा ८३८ व्यक्तिको मृत्यु

AuthorAP Khabar२०७६ चैत्र १६, आईतबार (४ साल अघि) ४८८ पाठक संख्या

चैत १६ स्पेन : स्पेनमा विगत २४ घण्टामा ८ सय ३८ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । उक्त समयमा थप ६ हजार ५ सय व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोना भाइरसबाट स्पेनमा आइतबार साँझसम्ममा ५ हजार ५ सय २८ जनाको मृत्युभएको मन्त्रालयले पुष्टि गरेको छ ।

स्पेनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ७८ हजार ७ सय ९७ रहेको छ भने यसमध्ये ४ हजार ९ सय विरामीमा जटिल खालको सङ्क्रमण भेटिएको छ ।

स्पेनमा सङ्क्रमित भएका १४ हजार ७ सय व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्पेनको राजधानी मेड्रिड र क्याटलोनिया क्षेत्रमा सङ्क्रमण अत्यधिक फैलिएको छ । मेड्रिडमा करिब २२ हजार र क्याटलोनियामा १५ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

आइतबार साँझसम्ममा विश्वभर सङ्क्रमितको सङ्ख्या छ लाख ८० हजारभन्दा बढी पुगेको छ भने ३१ हजार ९ सय २० जनाको मृत्यु भइसकेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस