बैशाख २६ काठमाडौं: बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा परेकी छिन् ।
उनी दोस्रो स्थान ओगट्न सफल भएकी छिन् । दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल आर्टिस्टमा दोस्रो नं.मा परेकी हुन् ।
यसको जानकारी उनले इन्स्टाग्राममार्फत दिँदै फ्यानलाई धन्यवाद भनेकी हुन् । कलाकारको सूचीमा नेहाभन्दा अगाडि पहिलो स्थानमा अमेरिकन र्यापर कार्डी बी मात्र रहेकी छिन् । यो सूचीमा अन्य भारतीय महिला कलाकार परेका छैनन् ।
हालै भएको सर्वेक्षण अनुसार कार्डी बीलाई कुल ४.८ बिलियन दर्शकले युट्युबमा सर्च गरेका छन् । त्यसै गरी नेहा कक्कडलाई ४.५ बिलियन दर्शकले खोजेका छन् । यो सर्वेक्षणमा नेहाले विश्व चर्चित थुप्रै ठूला हस्तीलाई उछिनेकी छिन् ।
नेहाले कोलम्बियन सिंगर करोल जी, साउथ कोरियन गर्ल ग्रुप ब्ल्याकपिंक, अमेरिकन सिंगर अरिना ग्राण्डी, ब्राजिलियन सिंगर मरिलिया मेन्डोन्का लगायत ठूला स्टारलाई पछाडि पारेकी हुन् ।
उनी इण्डियन आइडल सिजन ६ मा प्रतियोगीको रुपमा उदाएकी कलाकार हुन् । आज उनी इण्डियन आइडलकी जज हुन् । उनका थुप्रै चर्चित गीतहरु रहेको छ ।
प्रतिक्रिया दिनुहोस