आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दशकौ देखि ओझलमा परेको फुलिकाको मर्थी नदीमा पक्की पुल बन्ने

सुरेश कुमार पाण्डे, कपिलबस्तु २०७७ भाद्र २७, शनिबार (३ साल अघि) ७४२ पाठक संख्या

मायादेवी गाउँपालिका वडा नं. ३ को फुलिका गाउँमा स्थित मर्थी नदीमा पक्की पुल बन्ने निश्चित भएको छ। दशकौ देखी सो ठाउमा काठे हुदा यातायातको समस्या रहेको छ। प्रेदेश नं.५ को बजेटबाट निर्माण हुने सो पुलको हालै बोलपत्र आव्हान भइसकेको छ।                                                                                                     चार करोडको लागतमा निर्माण हुने सो पुलमा दुइतर्फी सवारी साधन आवत जावत गर्न सक्ने छ्न। सो पुल त्यस क्षेत्रका जनताका लागि बरदान साबित हुनेछ।                                                                                           पुल निर्माण पश्चात कपिलवस्तुका सो क्षेत्रका जनताको लागि सदरमुकाम तौलिहवा आवागमन सहज भै बगदी फुलिकका मैनिहवा सडकको आवत जाबत बढ्ने छ। सो पुल निर्माणमा वडा नं. ३ का वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीको अथक प्रयास र प्रदेश सांसद विष्णु पंथीको सकृयतामा बजेटमा प्राथमिकता पाई निर्माण हुन लागेको छ। सो काठे पुलले गर्दा वर्षातको समयमा पुरै बाटो नै अवरुद्ध हुने गरेको र आम जनताले दुःख खेप्दै आउनु परेको छ। यो पुलले यश भेगका जनतालाई यातायातमा अति नै सहयोगी हुने कुरा वडा अध्यक्ष तिवारीले बताउनु भयो। यस वडा अन्तर्गत बडकी खैराटीमा एउटा पुल अति आवश्यक रहेको र सो को निर्माणका लागि सम्बन्धित नियायमा लागि रहने बताउनु भयो।

प्रतिक्रिया दिनुहोस