आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा ठुलो मात्रामा घुमुवा परिचालन, राजश्वमा कमि, तस्करी तीब्र

अमित ठाकुर २०७९ पौष १४, बिहिबार (१ साल अघि) २३५ पाठक संख्या

रौतहट– रौतहटमा ठुलो मात्रामा घुमुवा परिचालन पश्चात् गौर भन्सारको राजश्वमा कमि आएको हो।रौतहट संग साटिएको भारतको सिमाना खुल्ला रुपमा रहदा तस्कर र सम्बन्धित प्रहरी युनिटहरुले यस्को फाइदा उठाई रहेका छन्।

 

रौतहटमा अवैध कारोबार तस्करी नियन्त्रण गर्नमा नियमित भन्सार नजिक र तस्करी नियन्त्रण गर्न ठाउँ ठाउँमा शस्त्र, जनपद तथा सिविल प्रहरी खट्दा पनि तस्करी नियन्त्रण नगरी उल्टै तस्करी तीब्र रुपमा बढेका छन्। रौतहटमा तस्करी तीब्र रुपमा बढेपछि गौर भन्सारकै राजश्वमा कमी आई तस्कर र सम्बन्धित प्रहरी युनिट मालामाल बनेका स्थानियले बताउँछन्।

 

 

तस्करहरुले रौतहट संग सिमा जोडिएको भारतको बैरगनिया,घोडासाहन,चैनपुर, त्यसतै रौतहट संग सिमा जोडिएको गौर, लक्ष्मीपुर,महादेवपट्टी,बनजरहा,लतमडी,महुलीया, खापघिउरा,बंकुल सहित नाकाबाट तस्करहरुले प्रहरीको आन्तरिक सेटिङ्गमा लाखौंको राजश्व छली गरि तस्करी गरिरहेको एकजना स्थानीयले नाम नखोल्ने सर्तमा बताएका छन्।

 

 

गौर भन्सार नाकामा बिअोपी भन्सारका शस्त्र प्रहरी स्थाई पोस्ट रहेता पनि तस्करहरुले समय पाए मेन नाका हुँदै र भन्सार अलि कडा भए १ सय मिटर पुर्वपट्टी रहेको चोर नाका र पश्चिम रहेको महादेवपट्टी नाका हुँदै लाखौं मूल्य बराबरको भार्तीय समानहरु सम्बन्धित प्रहरी युनिटको सेटिङ्ममा २४ घण्टा १२ घण्टा तस्करी गरि रहेको तस्कर बिच कै एक जनाले बताएका छन्। उनले भने हामीहरु लाईन सिस्टम हुन्छ सम्बन्धित प्रहरीबाट लाईन पाएपछि हामी आफ्नो कारोबार गर्ने गर्छौं ।

 

 

घरमा प्रयोग गर्नका लागि भारतको बैरगनियावाट सामान ल्याउदा भारतीय सीमामा क्षेत्र मा तैनाथ गरिएका एसएसबीका जवान ,कस्टम कर्मचारी कडाईका साथमा चेकजाच गरे पनि गौर नाकामा तैनाथ शस्त्र प्रहरी,जनपद प्रहरी, भन्सारका कर्मचारीहरुको आन्तरिक सेटिङ्गमा लाखौंको तस्करी भईरहेका छन्।भारतको बिहार सरकारले रक्सी उत्पादन र विक्रीमा पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा गौर भन्सारको पुर्व पट्टी रहेको चोर नाकाबाट प्रहरी संगठनको आन्तरिक सेटिङ्गमा तस्करी भईरहेका छन्। भने भारत बाट इलेक्ट्रॉनिक सामान ,हार्डवेयरका सामान ,चीनी ,खानेतेल , लताकपडा कस्मेटिक्स, रङ्गरोगण जस्ता समानहरुको तस्करी भइरहेका छन ।

प्रतिक्रिया दिनुहोस