आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गौरका गुप्ता नेपाल ल क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित

अमित ठाकुर २०७९ चैत्र ८, बुधबार (१ साल अघि) २१० पाठक संख्या

रौतहट।गौर नगरपालिका वडा नं ५ का निबासी रुपेश गुप्ता को छोरो आशुतोष गुप्ता , नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका छन।
गुप्ताले राजनैतिक जिवनको पहिलो सार्वजनिक पद कानुन बिषयको देशकै ठुलो शैक्षिक संस्था नेपाल ल क्याम्पसको स्वबियु सदस्य बाट सुरु गरेका छन ।

 

 

करिब १४ वर्षपछि त्रिभुवन विश्व विद्यालयमा स्ववियुमा चुनाव सम्पन्न भएको छ। केहि क्याम्पसमा अनियमितता र अराजक गतिविधिले गर्दा स्ववियुको चुनाव स्थगित गरिएको छ।
नेपाल ल क्याम्पसमा भने निर्वाचन समयमै शान्तिपूर्ण रुपले सम्पन्न भएको छ। निर्वाचनमा भने जम्मा खसेको मत १२६६ थियो। जसमा BALLB तर्फ बाट ५४८ , LLB बाट ५२६ र LLM बाट १९२ मत खसेको थियो ।

 

 

कानुन संकायको महत्वपूर्ण शैक्षिक धरोहर नेपाल ल क्याम्पसको चैत्र ५ गते भएको स्ववियु निर्वाचनमा (५६६ ) मत प्राप्त गर्दै गुप्ता सदस्यमा निर्वाचित भएका हुन।

 

 

 

यो कार्यकाल विध्यार्थीको समग्र हित र शिक्षा क्षेत्रको लागि स्वर्णिम बनोस् भने मेरो बिचार रहेको र बिधार्थीहरुका हकहितका लागि एकदमै अगाडि बढ्ने मेरो चाहाना रहेको गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस