आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा मेयरको सट्टामा एसईईको परीक्षा दिदै गर्दा ज्वाईं पक्राउ

अमित ठाकुर २०७९ चैत्र १९, आईतबार (१ साल अघि) १३७ पाठक संख्या

रौतहट।रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका बर्तमान मेयरको सट्टामा (एसईई) को परीक्षा दिंदै गरेको एक जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला शिक्षा अधिकारी राम बिनय सिंहले बताएका छन्।

 

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहको सट्टामा एसईईको परिक्षा दिंदै गरेका गरुडा नगरपालिका वडा नंबर ६ पोठियाहीका कमल साह पक्राउ परेको हो। दिनप्रतिदिन तराईमा नक्कली परिक्षार्थीको बिगबिगी बढी रहदा अगुगमनमा अहिले धेरै कडाइ गरिएको अधिकारी सिंहले बताए ।

 

रौतहट मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माध्यमिक बिधालयमा संचालनमा रहेको एसईईमा नियमिततर्फ विद्यार्थी रहेको मेयर प्रेमलाल साहको सट्टामा परीक्षा दिइरहेका साह माथि संका जाँदा परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।पक्राउ परेका साह मेयर साहका ज्वाइ रहेको स्रोतको भनाइ हो। ससुराका सट्टामा परीक्षा दिइरहेका ज्वाइँ इन्जिनियर हो । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।

प्रतिक्रिया दिनुहोस