आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ

एपी खबर २०८० अषाढ २६, मंगलबार (९ महिना अघि) ७३ पाठक संख्या

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ती व्यक्तिलाई मंगलबार बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो ।

 

सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै २० करोड रुपैयाँ माग गरेका थिए । प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए । यस विषयमा थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस