आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२० वर्षपछि खुलायो काठमाडौं महानगरले बारूदखानाको बाटो

एपी खबर २०८० अषाढ २६, मंगलबार (९ महिना अघि) ८५ पाठक संख्या

नेपाली सेनाको अधिनमा रहेको स्वयम्भू बारूदखानाको बाटो काठमाडौं महानगरपालिकाले २० वर्षपछि खुला गरेको छ।

 

बारूद खाना (जर्मन क्वाटर) को कम्पाउण्डभित्रबाट मुल सडकसँग जोडिने सडक खुला गरेको महानगरले बताएको हो।

 

जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षको अवधिमा सडक सञ्चालनमा आएको थिएन।

 

महानगर प्रमुख बालेन शाहले प्रधानसेनापतिलाई भेटेर पहल गरेपछि बाटो खोल्न सहज भएको बताइएको छ।

 

‘गत साउन ५ गते महानगरपालिकाका प्रमुख एवं आयोजनाका जग्गा व्यवस्थापन उपसमितिका संयोजक बालेन शाहले फिल्ड निरीक्षण गर्नुभयो। नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधान सेनापतिसँग भेटेर समाधानका लागि छलफल गर्नुभयो। यसपछि सडक खोल्ने वातावरण तयार भयो। अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मुल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको छ,’ आयोजना प्रमुख निर्मलराज बरालले बताए।

प्रतिक्रिया दिनुहोस