आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अभद्र व्यवहार गर्ने सात नगर प्रहरी जागिरबाट निकालिए, पाँचजना निलम्बित

एपी खबर २०८० अषाढ २६, मंगलबार (९ महिना अघि) ९३ पाठक संख्या

काठमाडौँ : काठमाडौं महानगरपालिकाले १२ जना नगर प्रहरीलाई कारबाही गरेको छ । महानगरले १२ मध्ये सातजना करारका नगर प्रहरीलाई जागिरबाट हटाउनुका साथै पाँचजना स्थायी नगर प्रहरीलाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।ड्युटीको समयमा निर्देशन दिएविपरीत काम गरेको हुँदा उनीहरूलाई कारबाही गरिएको उनले बताए ।

 

‘अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ । कामबारे ब्रिफिङ गर्दा अभद्र व्यवहार नगर्न समेत भनेका छौँ,’ पाण्डेले भने । महानगरभित्र ठेलामा तरकारी तथा फलफूल बिक्री गर्नेलाई दुर्व्यवहार गरेको भन्दै नगर प्रहरीको आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस